कान्ति लोकपथ आजबाट चार दिनका लागि बन्द

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २१ गते ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ आजबाट चार दिनका लागि बन्द हुनेभएको छ ।

कान्ति लोकपथ आयोजना अन्तर्गत मकवानपुर र ललितपुर जिल्लाको सिमामा रहेको बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलीब्रिज जडान गर्न कान्ति लोकपथ चार दिनका लागि पूर्ण रुपमा बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

आज जेठ २१ गतेबाट २४ गतेसम्म चार दिन बेलिब्रिज जडान कार्यका लागि उक्त सडक खण्ड पूर्ण रूपमा बन्द गरिनेभएको हो ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सूचना जारी गर्दै उक्त अवधिमा वैकल्पिक मार्ग कुलेखानी–कलंकी–हुमाने वा कुलोखनी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न भनेको छ ।

ताजा समाचार

Related Articles