नीति तथा कार्यक्रममाथि छलफल जारी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २१ गते ।
बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ ।
सोमबारबाट सुरुभएको नीति तथा कार्यक्रममाथि छलफल आज बुधबार पनि चल्नेभएको छ ।

प्रदेश सभाको बैठक बिहान ११ बजे बस्ने र नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।
तीनको छलफलका क्रममा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै विपक्षी दलका प्रदेश सभा सदस्य विरोध र सत्ता पक्ष वचाउ गरेका थिए ।

कतिपय सत्तापक्षका प्रदेश सभाका सदस्यहरुले नीति तथा कार्यक्रम प्रति आलोचनात्मक समर्थन जनाएका छन् ।
सत्ता पक्षका प्रदेश सभाका सदस्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रमले समृद्धिका कुरा समेटेको बनाएका छन् ।
उता विपक्षी दलका प्रदेश सभा सदस्यहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति उत्साह छैन भन्दै यसमा आफ्नो समर्थन नरहेको बताएका छन् ।

मंगलबारको छलफलमा प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले राजनीतिभन्दा माथि उठेर आगामी आवको बजेट ल्याउन र छरेर बजेट नल्याउन आग्रह गर्नुभयो ।

प्रदेश सभा सदस्य जगन्नाथ थपलियाले आर्थिक अनुशासन सुनिश्चितता गर्नुपर्ने भन्दै यो सरकारलाई सकिएन र भएन भन्ने छुट छैन भन्नुभयो ।
प्रदेश सभा सदस्य रमेशकुमार महतले खेतीयोग्य जमिनमा घरहरु बन्ने क्रम रहेको भन्दै खेती योग्य जमिन संरक्षणको कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइले विचौलिया केन्द्रित भएर काम गर्ने अनि परिवर्तनमुखी भयो भन्ने उहाँले प्रश्न गर्नुभयो ।
प्रदेश सभा सदस्यहरु अमृता नेपाल, तीर्थ लामा, लक्ष्मी घिमिरे, विन्दु श्रेष्ठ, सिर्जना सायजु, शुष्पा भुजेल न्यौपाने, दिनेशचन्द्र देवकोटालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

ताजा समाचार

Related Articles