गण्डकी प्रदेशको बजेट ३१ अर्ब ९८ करोड

लोकप्रिय

कास्की, असार १ गते  । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८२/०८३का लागी  प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश सभामा अर्थमन्त्री टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। यस्तै, पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्टाइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो। त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.८ प्रतिशत हो।

अर्थमन्त्री गुरुङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। उनले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles