हेटौँडामा प्रदेशस्तरीय सीप महोत्सव हुने

लोकप्रिय

हेटौँडा, असार ७ गते । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बागमती प्रदेश उद्योग परिसङ्घको संयुक्त आयोजनामा हेटौँडामा दुई दिने सीप महोत्सव २०८२ आयोजना गरिनेभएको छ ।

यही असार १२ र १३ गते बागमती प्रदेश स्तरीय सीप महोत्सव २०८२ हुने शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

मानव संसाधनबीच आपसी सामञ्जस्यतासँगै सीप विकाससँग सम्बन्धित विविध आयामहरुको बारेमा उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँले बजारको माग र आवश्यकता अनुरुपको दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितताका साथै स्वदेशमा रोजगारीका अवसर भएको सन्देश प्रवाह गर्न सहयोग पुयाउने लक्ष्यसहित सीप महोत्सव २०८२ आयोजना गर्न गइरहेका बताउनुभयो ।
उहाँका अनुसार प्राविधिक जनशक्ति माथिको परनिर्भरता कम गरी स्वदेश मै दक्ष प्राविधिक जनशक्ति उपलब्ध रहेको सन्देश प्रवाह गर्नु महोत्सवको उद्देश्य हो ।
उहाँले भन्नुभयो, महोत्सवले निजी क्षेत्रको अग्रसरतामा सीप, दक्षता र अनुभव साटासाटको बातावरण तयार पार्ने छ ।
सामाजिक विकास मन्त्रालयको योजना तथा शिक्षा विकास महाशाखा प्रमुख घनश्याम खनालले सूचना प्रविधि, हस्पिटेलिटी, अटोमोवाईलका क्षेत्रहरु र प्रदेश स्थानीय तथा जिल्ला स्तरका सरकारी निकाय र सङघसंस्थाहरू महोत्सवका लक्षित समुह भएको बताउनुभयो ।

महोत्सवमा प्राविधिक सहयोग दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) दोश्रो, हेल्मेटास नेपाल सहयोगी संस्थाहरुः होटल एसोसिएसन नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद, हेटौँडा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालयको रहेको छ ।

ताजा समाचार

Related Articles