कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

लोकप्रिय

संखुवासभा, असार ९ गते । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ खाम्लिङ बस्ने ६२ वर्षीय दुर्गा बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर जरायोटार-४ बस्ने ३६ वर्षीय पर्शुराम विकको २०६१ साल चैत २२ गते हत्या गरेको घटनामा पुनरावेदन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका-९ खाम्लिङबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ ।

ताजा समाचार

Related Articles