३७ स्थानीय तहले ल्याए बजेट

लोकप्रिय

काठमाडौँ, असार ९ गते । स्थानीय सरकारले बजेट पेश गर्ने कानुनी समय सीमा घर्किदै गर्दा हाल सम्म जम्मा ३७ स्थानीय तहले मात्र सम्बन्धित गाउसभा/ नगरसभा समक्ष बजेट पेश गरेका छन् ।

बजेट पेश गर्नुपर्ने कानुनी समय सीमा १ दिन मात्र बाकी रहँदा ७५३ स्थनीय तह मध्ये जम्मा ३७ स्थानीय तहले मात्र आर्थिक बर्ष २०८२/०८३ को बजेट सभामा पेश गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

हरेक मस्थानीय तहले असार १० सम्मा बजेट पेश गरिसक्नुपर्ने बाध्यात्मक ब्यवस्था अन्तरसरकारी वित्त हस्तान्तरण ऐनले गरेको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार  हाल सम्म ३७ स्थानीय तहले बजेट सभामा पेश गरिरहँदा ७१६ स्थानीय तहले भने अझै बजेट सभामा प्रस्तुत गरेका गरेका छैनन् ।

बजेट पेश गर्ने स्थानीय तहहरुमा गण्डकी प्रदेश र बागमति प्रदेशका ८ । ८ बटा स्थानीय तह रेहेका छन् । यस्तै मधेश प्रदेशका ९, लुम्बिनी प्रदेशका ४ र सुदुरपश्चिम प्रदेशका ६ र कर्णली प्रदेशका २ स्थानीय निकायले बजेट सभामा पेशको  मन्त्रालयको वेभासाइटमा प्रविष्ट गरेको विवरणमा उल्लेख छ ।

कोशी प्रदेशका कुनै पनि स्थानीय तहले बजेट ल्याएको विषय वेभसाइटमा प्रविष्ट गरिएको छैन । तथापी कतिपय स्थानीय तहले बजेट ल्याएपनि वेभसाइटमा प्रविष्ट नगरेको हुन सक्ने सम्ब्धित मन्त्रायले जनाएको छ।

ताजा समाचार

Related Articles