रौतहट, असार १३ गते । गौर नगरपालिका-१ भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको रकम १० लाख ४ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-१ ट्रान्सफर्मर चोक बस्ने ३० वर्षीय मोहम्मद करमान अलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानबाट खटिएको प्रहरीले भारतको बैरगनियाबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एई ६७०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि र हेल्मेटमा लुकाई छिपाई राखेको उक्त नगद फेला पारी चालक अलीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।
