हेटौँडा, असार १४ गते ।
हेटौँडा उपमहागरपालिका १९ सान्नानटारस्थित सडकखण्डको सडक छेउमा घाइते अवस्थामा भेटिएका एक पुरुष व्यक्तिको मृत्युभएको छ ।

शनिबार बिहान २ः२५ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट प्रहरी वरिष्ठ नायव .निरीक्षक प्रकाश कुमार खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा नामथर वतन नखुलेको करिब वर्ष ४० को पुरुष व्यक्ति पूर्व पश्चिम राजमार्ग अन्तर्गत सान्नानटारस्थित सडकखण्डको सडक छेउमा गम्भीर घाईते अवस्थामा फेला पारी उपचारको लागी हेटौँडा अस्पतालमा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले घाईतेलाई हेटौँडा अस्पतालमा ल्याइ जाँच गर्दा शनिबार बिहान ३ः२० बजे डाक्टरले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

घटनास्थल हेर्दा टाउकोमा गम्भिर चोट रहेको सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । निजको शव सोही अस्पतालमा राखिएको छ र घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
