म एमाले परिवारको एक सदस्यको रूपमा पुनः पार्टीमा जोडिएको छु : पूर्व राष्ट्रपति भण्डारी

लोकप्रिय

काठमाडौँ, असार १४ गते । पूर्व राष्ट्रपति विद्या भण्डारीले अब पुन: एमालेमा रहेर पाटीको राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनु भएको छ । मदन भण्डारी फाउन्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रमा पूर्वराष्ट्रपति भण्डारले यस्तो घोषणा गर्नु भएको हो ।

”फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । संवोधनको क्रममा भण्डारीले भन्नु भयो ।

त्यसै गरी उहाँले जननेताले भण्डारीले स्मरण गर्दै अगाडि भन्नुभयो जननेता भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् ।साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन ।आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।

ताजा समाचार

Related Articles