खेल पत्रकार सम्मानित

लोकप्रिय

काठमाडौँ ।  देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबार काठमाडौँमा सोमबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सम्मान पत्रको साथमा खादा तथा अबिर लगाएर उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको हो । अनुभव प्राप्त सम्मानमा ५० हजार अन्य प्रोत्साहन पुरस्कारमा भने जनही २५ हजार नगद समेत रहेको शाखा अधिकृत प्रमिला खरेलले बताउनु भयो । खेल क्षेत्रको प्रमोसन गर्नको लागि मन्त्रालयले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेको मन्त्री चौधरीले बताउनु भयो । मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

पुरस्कार प्राप्त गर्ने पत्रकारहरूमा मुकुन्द घिमिरे (इलाम), सरदचन्द्र भट्टराई (बारा), विक्रमकुमार बानिया (मकवानपुर), दिननाथ बराल (पोखरा), स्वस्तिक श्रेष्ठ (बुटवल), दिनेश कुमार बुढा (दैलेख), दिनेश बहादुर विष्ट (बैतडी), नमिता दाहाल (तनहुँ), रुपा गहतराज (बाँके) र श्रीलोचन राजोपाध्याय (काठमाडौँ) हुनुहुन्छ ।

ताजा समाचार

Related Articles