लहरी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

लोकप्रिय

हेटौँडा, असार १७ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेस्थित सडक खण्डमा लहरी ट्रक ब्रेकफेल भई दुर्घटना हुँदा चालकको मृत्युभएको छ । ट्रकका सहचालक घाइते भएका छन् ।

मङ्गलबार बिहान २ः३० बजेको समयमा रातोमाटेस्थित चार्जिङ स्टेसन नजिकै भारतको वनारसबाट रिद्धिसिद्धी सिमेन्ट उद्योगको लागि कोइला लिएर आउँदै गरेको युपी६१एटी ०९६२ नं.को लहरी ट्रक ब्रेकफेल भई सडकको दायाँतर्फ किनारमा पल्टिन जाँदा चालक भारतको गाजिपुर जिल्ला पुरैनियाका वर्ष ४०/४५ का महेन्द्र यादवको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडी भित्र च्यापिएका चालक यादवको घाइते अवस्थामा उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा डाक्टरले जाँच गर्दा बिहान ५ः४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

सहचालक भारतको जिल्ला गाजिपुरका वर्ष २५/२६ का मनोज यादबलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल मकवानपुर पठाएको र अवस्था सामान्य रहेको छ । दुई वटा क्रेनको सहयहोगमा गाडी भित्र च्यापिएका चालक यादवलाई उद्धार गरिएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles