विधेयकको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २१ गते । सत्तारुढ दल नेपाली कांग्रेसले भोलि आइतबारको बागमती प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका प्रदेश सभा सदस्यहरूलाई निर्देशन (ह्विप) जारी गरेको छ ।
कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालले असार २१ गते बिहान ११ः०० बजेबाट सुरु हुने बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्नुभएको हो । लम्सालले ह्विप जारी गर्दै सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले पेस गरेको विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ ।

 

ताजा समाचार

Related Articles