दुध बिक्री गरेर फर्कँदै गरेका व्यक्तिको लडेर मृत्यु

लोकप्रिय

हेटौँडा, असार २४ गते ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका ६ वज्रबाराहीमा दुध बिक्री गरेर फर्कँदै गरेका एक व्यक्तिको लडेर मृत्युभएको छ ।
पोखरीडाँडास्थित गोरेटो बाटोबाट लडेर थाहा नगरपालिका १ कुन्छालका कृष्ण गोपालीको मंगलबार बिहान मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
६२ वर्षीय गोपाली गारेटो बाटोबाट लडी मृत अवस्थामा रहेको जानकारी स्थानीय मार्फत जानकारी प्राप्त भएपछि प्रहरी टोली गई हेर्दा, बुझ्दा वज्रबाराही बजारमा दुध बेचेर फर्कने क्रममा गोरेटोबाटोबाट करिब १० मिटर तल लडेर मृत्युभएको हो ।
मृतक घरदेखि दुई कि.मि.दक्षिणतर्फ रहेको गोठमा बस्ने गरेको र बिहान वज्रबाराही बजारमा दुध बेचेर फर्कने क्रममा गोरेटोबाटोबाट तल लडी शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमा नै मृत्यु भएको पाइएको थियो ।
प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धानको इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको छ ।

ताजा समाचार

Related Articles