आँपको क्यारेटमा लुकाएर ल्याएको लागूऔधषसहित एक जना पक्राउ

लोकप्रिय

हेटौँडा, असार २४ गते ।
आँपको क्यारेटभित्र लुकाएर राखेको लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ भरत चोकबाट आँपको क्यारेटमा लुकाएर राखेको नियन्त्रित लागूऔषधसहित प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–७ का २० वर्षीय सेराज अंसारीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार दुई वटा आँपको क्यारेट उभी रहेको अवस्थामा प्रहरीलाई देखेपछि भाग्न खोज्दा शंका लागि निजलाई नियन्त्रणमा लिइ क्यारेट खोली हेर्दा माथि आँप र तल लागूऔषध फेला परेको जानकारी दिनुभयो ।

आँपको क्यारेटबाट नोर्फिन, फेनारगन र डाईजेपाम पन्ध्र सय–पन्ध्र सय एम्पुलसहित प्रहरीले अंसारीलाई सोमबार बेलुकी पक्राउ गरेको हो ।

ताजा समाचार

Related Articles