खासकुरा संवाददाता
हेटौँडा, असार २५ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नं ११ अन्तर्गत रहेका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
वडा नं. ११ को कार्यालयको आयोजनामा भएको कार्यक्रममा कालिदेवी आधारभूत विद्यालयमा अध्ययनरत १०७ जना र जनहित प्राविमा अध्ययनरत ८९ जना विद्यार्थीलाई पेन्सिल, कलम, कापीलगायतका सामग्री वितरण गरिएको हो ।

बकैया गाउँपालिका वडा नं ११ का वडाध्यक्ष गोपाल बहादुर नेसुरले शैक्षिक सामाग्री वितरण गर्दै विद्यार्थीहरुको शैक्षिक सामाग्री सहयोगले शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै अभिभावकले पनि शैक्षिक गुणस्तर वृद्धिमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।




