खैरोहेरोईन सहित दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २६ गते । हेटौँडा उप महानगरपालिका वडा नं. १० गोरक्षेश्वर मन्दिर परिसरबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ
जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभ¥याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १० का वर्ष ३३ का शनि रानाभाट र हेटौँडा ११ बस्ने वर्ष २९ को सरोज बानियाँलाई लागूऔषध खैरो हेरोईनसहित बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रानाभाटको साथबाट ५८० मिलिग्राम र बानियाँको साथबाट ५८० मिलिग्राम गरी एक ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोईन गरिएको छ ।
प्रहरीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles