खासकुरा संवाददाता
हेटौँडा, असार २६ गते । मकवानपुर थाहा नगरपालिका ४ जिरोथुम स्थित जगरघारी जंगल एक पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
स्थानीयले प्रहरी चौकी सिमभन्ज्याङ मकवानपुरमा खबर गरेपछि गएको प्रहरी टोलीले शव उत्तानो परेको र सडी गली सकेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलबाट करिब ५÷७ मिटर टाढा निलो ट्रयाक, कालो कट्टु र सेतो धर्के सटृ फेला परेको छ । साथै घटनास्थलदेखि दुई÷तीन सय मिटर टाढा चप्पल समेत भेटिएको, शवको पहिचान नखुलेको र घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




