काठमाडौँ, असार २७ गते । काठमाडौं महानगरपालिका-१६ गुम्बा चोक बस्ने ५८ वर्षीय अमृत पुलामीको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृत समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार २ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
