नेपाल बङ्गलादेशसँग पराजित

लोकप्रिय

काठमाडौँ, असार २९ गते । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले स्तब्ध बन्यो ।

बङ्गलादेशका लागि सिन्हा जहान सिखाले १३औँ, सागोरिका श्रीमतीले ३६औँ र त्रिस्ना रानीले खेलको अन्तिममा गोल गर्नुभयो । नेपालका लागि अनिषा राईले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र मिना देउवाले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो ।

पहिलो हाफमा २–० ले पछि परेपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दे खेललाई बराबरीमा ल्याएको थियो । तर खेलको अन्तिम तथा इन्जुरी समयमा सम्हालिन नसक्दा नेपालले गोल खाएको थियो । चार टोली सहभागी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै बङ्गलादेशले श्रीलङ्कालाई ९–१ गोलले पराजित गरेको थियो । सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

ताजा समाचार

Related Articles