खासकुरा संवाददाता
हेटौँडा, साउन ७ गते । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा ८८ प १९८१ नं. को मोटरसाईकल चालक जिल्ला कपिलबस्तु बागगंगा नपा. वडा नं. ६ घर भई हाल जिल्ला काठमाडौँ बुढानिलकण्ठ नपा वडा नं. १ बस्ने वर्ष १९ को विकाश राज पाण्डे र सोही मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने वर्ष २२ को कबिन चन्दनलाई प्रहरीले प्रक्राउ गरेको हो । निजहरुको साथबाट १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पाण्डे र चन्दनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।




