खासकुरा संवाददाता
हेटौँडा, साउन ७ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १६ हटियास्थित शिवम् सिमेन्ट उद्योग परिसरबाट सापटको बुस ( पितलको ) लगायतको सामाग्रीहरु चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उद्योगको मेकानिकल वर्कशप भित्र रहेको सामाग्रीहरु चोरी संलग्न सर्लाही बसबढिया गाउँपालिका वडा नं. ३ का वर्ष २५ को सुनिल कुमार यादव, रौतहट गरुडा नपा वडा नं. ५ बस्ने वर्ष २५ को पवन यादव र सोही स्थानका वर्ष २१ को रितेश कुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार चोरीको सामान सहित हेटौँडा वडा नं. १५ स्थित सडकबाट नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट चोरी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान कार्य भईरहेको छ ।




