एक वर्षमा ४०७ दुर्घटना, ५० जनाको मृत्यु

लोकप्रिय

हेटौँडा, साउन ८ गते । मकवानपुरका एक वर्षमा सवारी दुर्घटनाका ४०७ घटना हुँदा ५० जनाको मृत्युभएको छ ।
गत आर्थिक वर्ष २०८१।०८२ मा भएको सवारी दुर्घटनामा १६३ जना गम्भिर घाईते र ८०२ जना सामान्य घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी कार्यालयले गत आवमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम दुई हजार ६१६ वटा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले गत आवमा मादक पदार्थ सेवन ८४४ जना र लागू पदार्थ सेवन कारबाहीमा २१ ज्नामाथि मुद्दा चलाईएको जानकारी दिनुभयो ।
यस्तै गत आवमा ट्राफिक प्रहरीले यो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३० हजार ३४ वटा सवारीलाई कार्बाही र राजश्व संकलन कुल दुई करोड ४१ लाख ४५ हजार ५४ रुपियाँ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फैसला कार्यान्वयन तर्फ फरार प्रतिबादी १८३ जना पक्राउ, जरिवाना असुल उपर एक करोड २१ लाख ७३ हजार ८०५ रुपियाँ र कैद सजाय ९९ वर्ष ११ महिना २३ दिन भुक्तान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरुले गत आवमा अबैध गिट्टी बालुवा उत्खनन् तथा नियन्त्रणका क्रममा १९५ सवारीमाथि कारबाहीबाट ११ लाख १५ हजार पाँच सय रुपियाँ रजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles