मधेश प्रदेशभर तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

लोकप्रिय

हेटौँडा, साउन ८ गते । मधेश प्रदेशभर तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यसअघि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद सङ्कटग्रस्त घोषण गर्ने निर्णय गरेको थियो । नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय अनुसार बिहीबार राजपत्रमा सूचना प्रकाशित भएको छ ।

यस्तै गत असार २६ गते मधेश प्रदेश सरकारले पानीको स्रोत तथा मुहानहरु सुकि खानेपानी तथा सिंचाई कार्यमा समस्या उत्पन्न भई जनताको दैनिक जनजीवन प्रभावित भएको भन्दै मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
यसैबिच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रसंघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र रेडक्रसलाई आफ्ना कार्यक्रमहरु आवश्यकता अनुसार परिमार्जन गरी मधेश केन्द्रित गर्न अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles