तालिम परिषद्का मनोनित सदस्यहरुको सपथ ग्रहण

लोकप्रिय

हेटौँडा, साउन ८ गते । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मनोनित गरेको प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्का छ जना सदस्यको सपथ ग्रहण गराइएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री हरि प्रभा खड्गी श्रेष्ठले सामाजिक विकास मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

सदस्यहरुमा धादिङको धुनिबेशी नगरपालिका वडा नं. ५ का नवराज धिताल, चितवनको खैरहनी नगरपालिका–१२ का नन्दकिशोर चौधरी, हेटौंडा उपमहानगरपालिका वडा नं ६ का उज्वल चौलागाई, सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ की सीतामाया स्याङ्तान, काठमाडौँ महानगरपालिका वडा नं. १६ की हसना महर्जन र काठमाडौँ महानगरपालिका वडा नं. २८ का माधव देव पन्तलाई मनोनित गरिएको छ ।
प्रदेशमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमलगायतका कार्य सञ्चालन गर्न बागमती प्रदेश सिटिइभिटी गठन गर्ने व्यवस्था प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् ऐन, २०७५ ले गरेको छ ।

सामाजिक विकास मन्त्रीको अध्यक्षतामा प्रदेश नीति तथा योजना आयोगका सदस्यलगायत सदस्य रहने गरी परिषद् गठन गर्ने व्यवस्था अनुसार परिषद् सदस्य मनोनित गरिएको मन्त्रालयले जनाएको छ ।
ऐनमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम विज्ञ तथा संस्था मध्येबाट मन्त्रालयले कम्तीमा दुई जना महिला सहित पाँच जना सदस्य तथा औद्योगिक क्षेत्रका रोजगारदाता मध्येबाट मन्त्रालयले एक जना सदस्य गर्ने व्यवस्था रहेको छ ।
प्रदेश स्तरीय ट्रेड युनियन समन्वय समितिबाट एक जना सदस्य मनोनयन हुन बाँकी रहेको ।
साथै ऐनमा प्रमुख कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था अनुसार यसअघि नै नियुक्त भईसकेको छ । प्रमुख कार्यकारी निर्देशक र मनोनित सदस्यहरुको पदावधि पाँच वर्षको हुने छ ।

ताजा समाचार

Related Articles