मुख्यमन्त्री लामाले मार्गप्रशस्त गर्नुपर्छः बानियाँ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १३ गते । बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले अविश्वासको प्रस्ताव पारित भएको अवस्था छ, दलको नेता भएका कारण लामा मुख्यमन्त्री हुनुभएकोले राजीनामा दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएपछि नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति समेत रहेका बानियाँले भन्नुभयो, राजनीतिमा नैतिकता, इमानदारिता हुनुपर्ने भएकोले मार्गप्रशस्त गर्ने कुरा बाँकीनै रहेको छ तर अहिले उहाँ मुख्यमन्त्री कायमै हुनुहुन्छ ।
मुख्यमन्त्री लामाले थप काम गर्न विवेकपूर्ण ढंगले हेर्नुपर्ने उहाँको भनाई छ । कांग्रेस संसदीय दलको नेता चयन गर्ने प्रक्रिया निर्वाचन समितिले सुरु गर्ने र नेता चयन गर्ने उहाँले बताउनुभयो । मेरो नेतृत्वमा जाने गरी संसदीय दलको नेता विरुद्धको अविश्वासको अविश्वासको प्रस्ताव हालेकोले संसदीय दलको नेतामा मेरो नेतृत्वमा नै जाने हो उहाँले भन्नुभयो ।

ताजा समाचार

Related Articles