हेटौँडा, साउन १३ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको रिक्त पद नेताका लागि बुधबार निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार बुधबार बिहान ८ः०० बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने छ ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठद्वारा सार्वजनिक गरिएको निर्वाचन तालिकामा संसदीय दलको नेताका लागि बुधबार दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म मतदान हुने गरी उल्लेख छ ।
मतदाता नामावली प्रकाशन बिहान ८ः०० बजे, उम्मेदवारी दर्ता बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म, दावी विरोध ११ः३० बजेदेखि ११ः३० बजेसम्म, उम्मेदवारको नाम फिर्ता दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रशासन दिउँसो १ः०० बजेदेखि रहेको निर्वाचन तालिका रहेको छ ।
यसअघि कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले निर्वाचन समिति बनाउने निर्णय गरेको थियो ।




