गुम्बा निर्माण सम्पन्न

लोकप्रिय

हेटौँडा, साउन २४ गते । हेटौँडा उपमहानगरपालिका १० स्थित कर्रामा दाताको सहयोगमा चार वर्षमा निर्माण गरिएको गुम्बाको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको छ ।
सुखवती भुवन टाँसी जम्बुलिङ गुम्बा परिसरमा निर्माण भएको गुम्बाको उद्घाटन गर्दै नगर प्रमुख लामाले लामो समयदेखि ओझेलमा परेको यो क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
करिब ३४ वर्ष अघिबाट गुम्बा क्षेत्रको रुपमा विकास हुन लागेको कर्राको यो भेगले अपेक्षा अनुसार विकासले गति नलिएको भन्दै उहाँले बजार क्षेत्रमा रहेपनि उपल्लो तहमा पहुँच अभावका कारण ओझेलमा परेपनि अब उपमहानगरले विकासको गतिलाई अघि बढाउने बताउनुभयो ।
२०७८ सालमा हेटौँडा उपमहानगरपालिका, ९ र १० नम्बर वडा कार्यालयको गरी ३४ लाख रुपियाँ बजेट व्यवस्था गरी गुम्बा निर्माण सुरु भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।
गुम्मा निर्माणमा सहयोग गर्ने उपमहानगर, वडा नं ९ र १० लाई कार्यक्रममा सम्मन गरिएको थियो ।
सुखवती भुवन टासी जम्बुलिङ गुम्बा अमर लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा वडा नं. १० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य विमल लामा, गुम्बा समितिका संरक्षक किताब सिंह लामा, गुठी समाजका अध्यक्ष सानुकुमार लामालगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles