लागूऔषध र नगदसहित तीन जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ४ भैरबरोड बस्ने वर्ष ३० को माईकल भन्ने विवेक खड्का, वर्ष २६ को सुशान्त मैनाली र वडा नं. १० बस्ने बर्ष ४२ को सन्तोष कार्कीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नारायणी मल पछाडिको भित्री सडकमा पुग्दा बा. प्र. ०३–००६ प २६४५ नम्बरको स्कुटरमा शंकास्पद अवस्थामा खड्का र मैनालीलाई फेला पारी खानतलासी गर्दा निजहरुको साथबाट लागू औषध खैरो हेरोईन १ ग्राम ७३० मिलिग्राम फेला पारेको थियो । उक्त लागूऔषध सम्बन्धमा प्रारम्भिक सोधपुछ गर्ने क्रममा निजहरुमध्येका खड्काको घर कोठाको ताल्चा फुटाई कोठाभित्र प्रवेश गरी खैरोहेरोईन २ ग्राम २५० मिलीग्राम र नगद तीन लाख १७ हजार रुपियाँ लिई भाग्न लाग्दा कार्कीलाई फेला पारेको प्रहरीले जनाएको छ । लागूऔषध तथा नगद बरामद गरी खड्का, मैनाली र कार्कीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles