राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

लोकप्रिय

काठमाडौँ, साउन ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१÷०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सो प्रतिवेदन पेश गर्नुभयो ।सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनुभयो ।

“ देशको सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यवद्धता र सामञ्जस्यता कायम गरी समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति रहेको छ”, उहाँले भन्नुभयो । उहाँले मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको र आगामी दिनमा आयोगले यो दायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles