हेटौँडा, भदौ १ गते । भक्तपुर साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक शृङ्खलाको ७८औँ संस्करण (गाईजात्रा विशेष) शनिबारका सम्पन्न भएको छ ।
भसाजको साहित्यिक कार्यक्रमको सभापतिमा दिवङ्गत साहित्यकारको तस्बिर राखेर शुरु गरिने परम्परा अनुसार आज भएको कार्यक्रममा हास्यव्यङ्ग्य शिखर पुरुष भैरव अर्यालको तस्बिर राखिएको थियोे ।
भसाजका अध्यक्ष राजुराम मुनकर्मीले पानशमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको सो कार्यक्रममा भसाजका सचिव पुरुषोत्तम प्रजापतिले अर्यालको जीवनी बारेमा संक्षेपमा प्रकाश पार्दै अर्यालका रचना वाचन गरेर सुनाउनुभएको थियो ।
भसाजको पच्चिसौँ स्थापना दिवसको अवसर समेत पारी आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरू नारायण तिवारी,कृष्ण बाउसे, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, ललिता दोषी, विनोद खड्का, सुशीला प्रधानाङ्ग, राजेशमान केसी, माणिकबाबु ग्वंग, विश्व बहादुर दुवाल, सुरेश राजभण्डारी, कविन्द्रलाल प्रधान, मोहन भुजेल, राजेन्द्र चित्रकार, राजन कार्की, पवित्रा दाहाल, ईश्वर थोकर, श्याम माकजु,बिनुबाबा घिमिरे, सुदीप हाडा, गुहेश्वरी प्रधान शाक्य, डा.राजेन्द्र कोजू, मिमला शर्मा, राजुराम मुनकर्मीलगायत विद्यार्थीहरु स्वस्तिका खड्का, करिश्मा पौडेल र सक्षम नेपालले रचना वाचन गर्नुभएको थियो । कार्यक्रम सल्लाघारीस्थित सूर्यदीप स्कुलमा भएको थियो।
