चाँदीको गरगहनासहित एक जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ३ गते । हेटौँडा उपमहानगरपालिका १० स्थित बसपार्कबाट प्रहरीले चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत मोतीहारी जिल्ला घर बताउने वर्ष ५२ को चाँदीलाल साहलाई चाँदीका गरगहनासहित आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार निजले बोकेको झोलाभित्र भन्सार छली गरी ल्याएको चाँदीको जस्तो देखिने धातुबाट बनेको गरगहनाहरु फेला परेकोमा आवश्यक परीक्षणको लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गर्दा चाँदीनै रहेको र बजार मूल्य अनुसार एक ५८ हजार ३३२ रुपियाँ बराबरको रहेको छ ।
उक्त चादीको गरगहनासहित निज चाँदीलाल साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ ।

ताजा समाचार

Related Articles