चेपाङ परिवारलाई राक्सिराङको सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ३ गते । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले एक चेपाङ परिवारलाई खाद्यान्नसहितका सामाग्री सहयोग गरेको छ ।
राक्सिराङ्ग गाउँपालिका वडा नं. १ का सुमन सिं प्रजालाई दैनिक गुजारा गर्न समस्या भएको पाइएपछि पालिकाले खाद्यान्न र लत्ता कपडा सहयोग गरको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले सुमनको घरको अवस्था दयनीय रहेको र श्रीमती सुत्केरी रहेको भन्दै गाउँपालिकामा राहत सामाग्री माग गर्न आएकोले सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।
गाउँपालिकाले राहत सामाग्री स्वरुप चामल, दाल, तेल, नुन, त्रिपाल र कम्बल प्रदान गरेको हो । सुमनको घरको अवस्था कमजोर रहेकोले आवासको व्यवस्थासमेत गर्ने योजना रहेको पालिका अध्यक्ष मल्लले सुनाउनुभयो ।

ताजा समाचार

Related Articles