मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

लोकप्रिय

हेटौँडा, भदौ ४ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ३ फुट्सल चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्युभएको छ ।
मकवानपुरगढी गाउँपालिका ३ फुट्सल चोकस्थित भित्री सडक खण्डमा मक्राञ्चुलीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ४३ प २०४० नं.को मोटरसाइकलको ठक्करबाट घाइते हुनुभएकी सोही स्थानकी ९२ वर्षीया नन्दकुमारी न्यौपानेको उपचारको क्रममा बुधबार साँझ हेटौँडामा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकलले बुधबार बिहान ठक्कर दिएर घाइते भएकी न्यौपानेको हेटौँडा अस्पतालमा उपचारपछि दिउँसो ३ः०० बजे थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । उक्त अस्पतालले शल्यक्रिया गर्न निमल्ने र अवस्था गम्भीर रहेको बताएपछि पुनः बिरामीलाई हेटौँडामा ल्याइएकोमा उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । उहाँले घाईते न्यौपानेलाई चितवनबाट फिर्ता गरी बुधबार १९ः१० बजे मकवानपुर सहकारी अस्पतालमा ल्याइ उपचार भईरहेकोमा १९ः५० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जानकारी दिनुभयो ।
प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका ३ मक्राञ्चुली बस्ने वर्ष २४ को सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ ।

 

ताजा समाचार

Related Articles