धर्म र जात आधारमा राजनीति गर्न हुँदैन

लोकप्रिय

हेटौँडा, भदौ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले धर्म र जात आधारमा राजनीति गर्न नहुने बताउनुभएको छ ।
उहाँले प्रदेश सरकारले सबै धर्मप्रति समभाव राख्ने भन्दै धर्म व्यक्तिले धारणा गर्ने भएकोले जात र धर्मको आधारमा राजनीति गर्न नहुने बताउनुभयो ।
नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहीबार हेटौँडामा भएको तीज विशेष कार्यक्रममा उहाँले कांग्रेसले मानव कल्याणका लागि राजनीति गर्दै आएको बताउनुभयो ।
कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका बानियाँले संविधानले महिलाको अधिकारलाई स्थापित गरेको भन्दै महिलालाई आयआर्जनको क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।
जनताले जनताकै सेवा गर्न राजनीतिमा लागेको हुँ उहाँले भन्नुभयो, अन्यायका विरुद्धमा राजनीतिमा लागेको हुँ ।
उहाँले जनताप्रति जवाफदेही र निष्ठावान भएर काम गर्ने बताउनुभयो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेशमा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, खानेपानी, उर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, माइकल रामचन्द्र अर्याल, हेटौँडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles