थाहामा बृहत् रक्तदान महाअभियान

लोकप्रिय

हेटौँडा, भदौ ८ गते । विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति दिवसको अवसरमा बृहत् रक्तदान महाअभियान २०८२ अन्तर्गत ब्रह्माकुमारीज समाज सेवा प्रभाग थाहा नगरपालिकाको आयोजनामा थाहा नगरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अभियानको शुभारम्भमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले रक्तदान जीवनको सबैभन्दा ठूलो दान भएको बताउनुभयो ।
उहाँले रक्तदान जीवनदान, हामीले कसैले गरेको रक्तदान कसैको लागि जीवनको रक्षाको माध्यम बन्ने भन्दै यो मानव सभ्यताको लागि पनि महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले ओम शान्ति परिवारले सबैको शान्ति, आनन्द र सुखमय जीवनको लागि आफूले त्याग र धैर्यता गरेर समाजलाई बदल्न महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।
ब्रह्माकुमारीज समाज सेवा प्रभाग थाहा नगरपालिकाकी शर्मिला दिदीले स्वागत गर्नुभएको सो कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट, उपप्रमुख भरत गोपालीलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles