लागूऔषधसहित दुई जना भारतीय पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ बस्ने वर्ष ३५ को किस्मत अली र वर्ष २८ को शाहरख अलीलाई
पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुको साथबाट डाईजेपाम पाँच ८५० एम्पुल र ट्रामाडोल २४० क्यापसुल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट र प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार जिल्ला मकवानपुर हेटौँडा उप महानगरपालिका वडा नं १५ रातोमाटेस्थित पूर्व पश्चिम सडक खण्डमा सवारी साधन आइतबार रोकी जाँच गर्ने क्रममा रक्सौलबाट काठमाडौँतर्फ जान आउँदै गरेको बिआर ०१ पिबी १८०२ नम्बरको भारतीय सुमो गाडीमा लुकाई ल्याईएको अवस्थामा कालो प्लाष्टिकमा ३९ वटा पोकामा प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।
फेनारगन एक हजार ९५० एम्पुल, नोफिन एक हजार ९५० एम्पुल, डाइजेपाम एक हजार ९५० एम्पुल गरी जम्मा पाँच ८५० एम्पुल र ट्रामाडोल २४० क्याप्सुल फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार किस्मत अली र शाहरुख अलीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles