मोवाइलको चार्जरभित्र लागूऔषध ल्याउने दुई महिला पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते । मोवाइलको चार्जरभित्र लागू औषध राखेर ल्याएको अभियोगमा मकवानपुर प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
तीन ग्राम १५० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२२ घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्कमा बस्ने २९ वर्षीया सम्झना थिङ र सिन्धुलीको दुधौली नगरपालिका ९ घर भई हेटौँडा १० बस्ने २३ वर्षीया सोनिका क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले शनिबार हेटाँैडा–१५ रातोमाटे चेकपोईन्टमा सवारी साधनहरु जाँच गर्ने क्रममा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको प्र.३–०३–००१ ह १०३ नं.को अटोमा खानतलासी गर्दा निजहरुको साथबाट लागूऔषध खैरोहेरोईन तीन ग्राम १५० मिलीग्राम र मोबाईल चार्जरभित्र नाम नखुलेको लागूऔषध जस्तो देखिने सेतो गिलो पदार्थ २२ ग्राम २० मिलीग्राम फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार निजहरु सम्झना थिङ र सोनिका क्षेत्रीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles