बारामा हैजाको बिरामी फेला

लोकप्रिय

बारा, भदौ १२ गते ।   बाराको सदरमुकाम कलैयामा एक जना पुरुषमा हैजा सङ्क्रमण पुष्टि भएको प्रादेशिक अस्पताल कलैयाले पुष्टि गरेको छ । अस्पतालमा  उपचाररत एक जना पुरुषमा हैजा पुष्टि भएको अस्पतालका प्रमुख  अजय कुमार गुप्ताले जानकारी दिनुभयो। वीरगन्ज महानगरपालिकाको नगवामा पलम्बरको काम गर्दै आएका बाराको देवताल गाउँपालिका वडा नम्बर ३ घर भई हाल कलैया उपमहानगरपालिका १८ पतौरामा बसोबास गर्दै आएका पुरुषमा सङ्क्रमण देखिएको अस्पताल प्रमुख गुप्ताले बताउनु भएको छ ।
मङ्गलवारदेखि पातलो दिशा लागेपछि उनी उपचारका लागि कलैया अस्पताल पुगेका थिए । परीक्षणका क्रममा आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनलाई हैजा सङ्क्रमण भएको अस्पतालले जनाएको छ । हाल ती सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्यकर्मीहरूले हैजाबाट जोगिन खानपानमा ध्यान दिन, उमालेर मात्र पानी पिउन, सरसफाइमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । यसै बिच कलैया उपमहानगरपालिकाले एक सूचना जारी गरी छिमेकी जिल्लामा बढ्दै गइरहेको हैजाको प्रकोप बारामा फैलन नदिन मासु पसल, अन्य पसलहरूमा सतर्कता अपनाउन र सरसफाइ राख्न निर्देशन दिएको छ भने कलैयामा चटपटा, पानी पुरी लगायतका समानहरूको बिक्री वितरणमा रोक लगाएको कलैया उपमहानगरपालिकाको नगरप्रमुख विनोद साहले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles