स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार

लोकप्रिय

काठमाडौँ, भदौ १२ गते । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै शिक्षा स्वास्थ्य लगायत क्षेत्रको बिकास तिब्र गतिमा भएको बताउनु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकमा निर्माण भएको शुभम इन्टरनेशनल हस्पिटलको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा भएको प्रगतिसँगै नेपालले पनि उच्च गुणस्तरीय स्वास्थ्य सेवालाई निरन्तरता दिनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले स्वास्थ्य सेवालाई ब्यवसायिक भन्दा गुणस्तरीय बनाउन बढी जोड दिन र जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी सेवा प्रवाह गर्नुपर्छ भन्नुभयो । यसैगरी,  हस्पिटलका अध्यक्ष केदार नरसिंह केसीले जनताको स्वास्थ्यप्रति उत्तरदायित्व निर्वाह गर्दै दक्ष चिकित्सकहरुको निगरानीमा उच्च गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles