• समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • साहित्य
  • अन्तर्वार्ता
  • रोजगारी
  • विदेश
  • पर्यटन
Search
Logo
Logo
Logo
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • साहित्य
  • अन्तर्वार्ता
  • रोजगारी
  • विदेश
  • पर्यटन
Trending Now

हेटौँडा अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बजेटलाई जनता केन्द्रित बनाउन सुझाव

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जानुहुने

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप

Logo
  • आवरण
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • अन्तर्वार्ता
  • रोजगारी

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीनको सहमतिप्रति सांसदहरुको आपत्ति

खास कुरा संवाददाता
खास कुरा संवाददाता
भदौ १३, २०८२
176
0

लोकप्रिय

समाचार संकलनमा रोक लगाएपछि प्रजिअको कार्यकक्षभित्रै प्रतिवाद

असार ६, २०८२

स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

भदौ २१, २०८०

महालेखा प्रतिवेदनः मकवानपुरका पालिकामध्ये सबैभन्दा कम बेरुजु बकैया र सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकाको

बैशाख ३१, २०८२

मकवानपुरको कैलाशबाट एक हजार किलोभन्दा बढी गाँजा सहित चार जना पक्राउ

असार १७, २०८२

असार सकिन लाग्दा उनन्साठी प्रतिशत रोपाइँ

असार ३०, २०८२

काठमाडौँ, भदौ १३ गते। राष्ट्रिय सभाका सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै यो विवादको समाधानका लागि गम्भीर भएर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । छिमेकी देश चीन र भारततर्फ निकट भविष्यमा हुनगइरहेको प्रधानमन्त्रीको औपचारिक भ्रमणका क्रममा सीमा विवादको विषयलाई त्रिपक्षीय सहमतिबाट टुङ्ग्याउने गरी पहल थाल्नुपर्ने सुझाव उहाँहरूले दिनुभएको छ ।

त्यस्तै, नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी मुलुकको सार्वभौमिकता र अखण्डतासँग जोडिएको विषय भएकाले यसमा राष्ट्रिय सहमतिका लागि सर्वदलीय बैठक बोलाएर सुझाव लिनुपर्ने धारणा राख्दै उहाँहरूले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्दा देवनागरिक लिपी उल्लेख गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिनुहुँदै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवादको विषयलाई गम्भीर रुपमा उठाइनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालले यस विषयमा चीन र भारत दुवै मुलुकलाई एकै ठाउँमा राखेर समस्याका समाधान खोजिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले भारत र चीनले नेपालको भूमि लिपुलेक हुँदै व्यापार गर्ने कुरामा नेपालको विमति रहेको बताउनुभयो । छिमेकी देशहरूले नेपालको भूमिसँग सम्बन्धित विषयमा सहमति गर्नेक्रममा नेपाललाई वेवास्ता गरेकामा आपत्ति व्यक्त गर्दै कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाह (गरिमा)ले प्रधानमन्त्रीको औपचारिक चीन भ्रमणबारे राष्ट्रियसभालाई जानकारी नगराइएकोप्रति गुनासो गर्नुभयो ।

प्रधानमन्त्री चीन भ्रणबाट फर्केर आएपछि भ्रमणका क्रममा भएका उपलब्धिका विषयबारे जानकारी गराउनुपर्ने उहाँको माग छ । अर्का सांसद वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणका क्रममा सीमा विवादको विषयलाई गम्भीर रुपमा उठाइनुपर्ने र सीमा विवादसम्बन्धी समस्या दिगोरुपमा समाधान गर्न सरकारले तत्पराता देखाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गङ्गाकुमारी वेल्वासेले नेपालप्रति भारतले हेपाहा व्यवहार देखाउने गरेको टिप्पणी गर्दै नेपाल र भारतबीच नागरिकस्तरमा बलियो सम्बन्ध स्थापित रहे पनि विभिन्न कालखण्डमा भएका असमान सन्धिका कारण समस्या सिर्जना भएकाले त्यसलाई सच्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीले छोराछोरीको कमाइबाट निश्चित प्रतिशत रकम ज्येष्ठ नागरिकका लागि छुट्याउने कानुन बनाउन आवश्यक रहेको बताउनुभयो । ज्येष्ठ नागरिकको रेखदेख तथा स्याहारसुसार गर्ने दायित्व राज्यको समेत भएको उल्लेख गर्दै उहाँले त्यससम्बन्धी समस्या सम्बोधन गर्नेगरी कानुन निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानका समस्या समाधानका लागि सरकार जिम्मेवार हुन नसकेको बताउनुभयो ।

अहिले अनुदान घटाएको विषयमा उखु किसान माइतीघर मण्डलामा आन्दोलनरत रहेको, दुग्ध किसानको बक्यौता बाँकी रहेको, बीउ तथा मलखाद समयमा पाउन नसकेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न अनुरोध गर्नुभयो । त्यस्तै, चुरे दोहन र जङ्गल विनाश रोक्नका लागि पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । विशेष समयमा भाग लिँदै सांसद सुमीत्रा बिसीले पछिल्लो समय महिला हिंसाका घटना बढेको उल्लेख गर्नुहुँदै विभेद र हिंसा न्यूनीकरणका लागि अभियान थाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Previous article
कैलाशमा १६ जना क्षयरोगका बिरामी
Next article
वीरगञ्जको हैजा रोकथाम गर्न सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरिनेछ

ताजा समाचार

हेटौँडा अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बजेटलाई जनता केन्द्रित बनाउन सुझाव

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

Load more

Related Articles

खास कुरा संवाददाता - जेष्ठ २९, २०८३

हेटौँडा अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

खास कुरा संवाददाता - जेष्ठ २९, २०८३

बजेटलाई जनता केन्द्रित बनाउन सुझाव

खास कुरा संवाददाता - जेष्ठ २९, २०८३

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

Load more

सुरुचि कम्युनिकेसन प्रा.लि.

ठेगाना : हेटौँडा २ मकवानपुर
सम्पर्क : ९८४५०३१५६१
ईमेल : khaskuranews@gmail.com

द्वारा सञ्चालित

Logo

दर्ता

कम्पनी दर्ता नं. : ३६२२३८/८१/८२
स्थायी लेखा नं.: ६२२३१५५२८
सञ्चार रजिष्ट्रारको कार्यालय दर्ता प्रमाणपत्र नं. : ००३००/०८१–०८२

Facebook
Twitter
Youtube

हाम्रो बारे

सम्पादक : जे न्यौपाने
सञ्चालक : राममणि दाहाल
विज्ञापन : प्रकाश बराल

© सञ्चालन तथा प्रायाेजनकाे हक सर्वाधिकार खास कुरामा सुरक्षित रहनेछ ।