बेइजिङ, भदौ १७ गते । चिनीयाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबिच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । भेटका क्रममा चीनियाँ राष्ट्रपति सीले न्यायपूर्ण र तर्कसंगत विश्व शासन प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

रुसी राष्ट्रपति पुटिनले दुबै मुलुकबीचको सम्बन्ध विगत केही बर्ष यता निक्कै गहिरो भएको बताउनुभएको थियो । भेटका क्रममा दुबै मुलुकबीच व्यापारिक साथै रणनीतिक सहयोग बढाउने सम्बन्धमा समेत छलफल भएको थियो ।

युक्रेन युद्ध समाप्त गर्ने सम्बन्धमा अमेरिकाले दिएको दबाबलाई राष्ट्रपति पुटिनले बेवास्ता गरिरहेको भन्ने आलोचना भइरहँदा दुबै नेताहरुबीच भेट भएको हो । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवका अवसरमा चीनले भोलि बेइजिङमा आयोजना गर्ने सैन्य परेडमा समेत राष्ट्रपति पुटिन सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।
