प्रहरी हुँ भन्दै मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते । प्रहरी हुँ भन्दै मोबाइल लुटपाट गर्ने दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका १६ बालाजु बाईपास एरियामा प्रहरी हुँ भन्दै मानिसहरूको कोठा भित्र पसेर खानतलासी गर्ने बहानामा मोबाइल लुटपाट गर्ने दुई जनालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
लुटपाट गरिएका मोबाइलहरूसहित कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका २ घर भई काठमाडौँको बानियाँटार बस्ने वर्ष २९ को हेमराज ढुङ्गाना र कैलाली, जोशीपुर गाउँपालिका १ घर भई बानियाँटार बस्ने वर्ष ३१ को बिनोद के.सीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट विभिन्न कम्पनीका गरी पाँच थान मोबाइल बरामद गरिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भइ प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles