खैरोहेरोईनसहित दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते । मकवानपुर प्रहरीले हेटौँडाबाट खैरोहेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उप महानगरपालिका वडा नं. १० न्यूरेनीका ३६ वर्षीय विकाश तामाङ र वडा नं. ४ बस्ने वर्ष ३४ को अब्दुल मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तामाङको घर कोठामा लागूऔषध कारोबार भईरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा निजहरुको साथबाट खैरोहेरोईन जस्तो देखिने पदार्थ तीन ग्राम ७०० मिलि ग्राम फेला पारेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles