माछा मार्ने क्रममा करेण्ट लागेर एक युवकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १९ गते । मकवानपुरको बकैया गाउँपालिका ३ स्थित हात्तीसुँढे जितदमारका एक युवकको करेण्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेण्ट लागेर मृत्युभएको छ ।
करेण्ट लागेर बिहीबार दिउँसो २४ वर्षीय विजय थिङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुर मकवानपुरले जनाएको छ ।
करेण्ट लागेर बिरामी भई उपचारको लागि थिङलाई हेटौँडा अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा डाक्टरले दिउँसो १ः५० बजेको समयमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
निज मृतकको दाहिने हातको हत्केलामा चोट देखिएकोपछि अनुसन्धानको क्रममा निज मृतक विजय र बुबा लालबहादुर थिङसँगै घरदेखि करिब दुई किमि उत्तरतर्फ रहेको च्याउँच्याउँ खोलामा माछा मार्न गएको पाइएको छ । खोला नजिकै रहेको विद्युत्को तारबाट हुक लगाई माछा मार्ने क्रममा करेन्ट लागि सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles