काठमाडौँ, भदौ १९ गते । सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक बन्द नेपालमा बन्द भएको छ । फेसबुक बाहेक अरु २५ वटा सामाजिक सञ्जाल प्लाटफर्महरु पनि क्रमश: बन्द हुँदै छन ।

नेपालमा सूचिकृत हुन गरेको सरकारी आग्रहलाई नटेरेपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । आजै पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन लगत्तै प्राधिकरणले सूचिकरण हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्लाटफर्महरुलाई निष्कृय गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको थियो । त्यस लगत्तै फेसबुक बन्द भएको छ ।

यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले करिब २६ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताउनुभएको छ । अरु दर्ता हुन नआएका सामाजिक सञ्जालहरु पनि बन्द हुने मन्त्री गुरुङले जानकारी दिनुभएको छ ।




