संविधान दिवस मनाउन मुख्यमन्त्रीकोे संयोजकत्वमा मूल समारोह समिति

लोकप्रिय

हेटौँडा, भदौ १९ गते । बागमती प्रदेश सरकारले प्रदेश स्तरममा संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ मनाउन मूल समारोह समिति बनाएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार हेटौँडामा आयोजना गरेको संविधान दिवस मूल समारोह समिति गठन तथा छलफल कार्यक्रममा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा मूल समाचारह समिति गठन गरिएको जानकारी गराइएको हो ।
संविधान दिवस आगामी असोज १, २, ३ र ४ गते प्रदेश राजधानी हेटौँडासँगै प्रदेशका १३ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाइने तयारी गरिएको बागमती सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
मूल समारोह समितिमा बागमती प्रदेश सभाका प्रदेश सभामुख, प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका सदस्यहरु, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, आयोगका सदस्यहरु, हेटौँडा उपमहानगरपालिकाका प्रमुख, उच्च अदालत पाटन हेटौँडा इजलाशका न्यायाधीशहरु, मुख्य न्यायाधिवक्ता, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, सचिवहरुलगायत विभिन्न सरकारी तथा गैर सरकारी सङ्घसंस्थाहरुलगायत रहेका छन् ।
संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने क्रममा असोज १ गते संविधानः सबल राष्ट्र निर्माणको आधार विषयक विद्यालयस्तरीय निवन्ध प्रतियोगिता सामाजिक विकास मन्त्रालयको संयोजनमा र खेलकुद प्रतियोगिता येवा तथा केलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्को संयोजनमा गरिनेभएको छ ।
यस्तै रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, वृक्षरोपण, सरसफाई, दीपावली गर्ने, राष्ट्रिय झण्डा फहराउनेलगायतका कार्यक्रम संविधान दिवसका अवसरमा गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।
छलफल कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सचिवहरुलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles