हेटौँडा, भदौ २१ गते । हेटौँडा उपमहानगरपालिका १५ कमेरोपानीमा चट्याङ लागेर एक जनाको मृत्युभएको छ ।
हेटौडा १६ सानो आकाशधारा घर भई हाल जिल्ला बारा निजगढ नगरपालिका १३ बस्दै आएका ३७ वर्षीय बुद्ध बहादुर प्रजाको चट्याङ लागेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार गएराति ९ः०० बजेको समयमा कमेरो पानी स्थित धन बहादुर स्याङतानले संचालन गरेको किराना पसल अगागि श्रीमतीसँगै पैदल हिडिरहेको अवस्थामा चट्याङ पर्दा बुद्ध बहादुर घटनास्थलमा नै मृत्यु हो ।
घटनास्थलमा पुग्न खोला तरी जानु पर्ने भएको र उक्त खोला तर्न सक्ने अवस्था नभएपछि प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम किशोर यादव नेतृत्वको प्रहरी टोली शनिबार बिहान ६ः१० बजेको समयमा घटनास्थलमा पुगेको थियो ।
घटनाको थप अनुसन्धानका लागि जिल्ल प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको नेतृत्वमा प्रहरी टोली गएको छ । ।




