रास्वपाका सांसदहरूद्वारा राजीनामा

लोकप्रिय

काठमाडौँ,  भदौ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरूले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरूले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको छ । यसअघि, सोमबार जेनजी प्रदर्शनपछि रास्वपाका सभापति रवि लामिछानेले नख्खु कारागारबाट जारी गरेको सन्देशमा आफ्ना मागहरू पूरा नभए राजीनामा दिन तयार रहन सांसदहरूलाई आह्वान गर्नुभएको थियो । प्रतिनिधिसभामा रास्वपाका तर्फबाट उपसभामुखसहित २१ जना सांसद छन् ।

ताजा समाचार

Related Articles