बागमती प्रदेशको चार मन्त्रालयमा आगजनी

लोकप्रिय

हेटौँडा, भदौ २४ गते । आन्दोलनकारीहरुले बागमती प्रदेशको चारवटा मन्त्रालयमा आगजनी गरेका छन् । हेटौँडा उपमहानगरपालिका १ चौकीटोलस्थित प्रदेशका मन्त्रालयहरुमा प्रदर्शनीकारीहरुले मंगलबार दिउँसो आगजनी गरेका हुन् ।

खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा आगजनी गरेका हुन् । चार वटै मन्त्रालय एउटै भजनमा रहेका थिए । मन्त्रालयसँगै रहेको अख्तियार दुरुपयोग अनुसन्धानको हेटौँडा कार्यालयमा समेत आगजनी गरेका छन् । जिल्ला प्रशासन कार्यालयल मकवानपुरले कफ्र्यु आदेश जारी गरेपछि प्रदर्शनीकारीहरुले आगजनी गरेका हुन् ।

यसैबिच हेटौँडा बजार क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेशको समय थपिएको छ । मंगलबार रातिबाट भदौ २५ गते बुधबार बिहान १० बजेसम्मका लागि जारी । जिल्ला प्रशासन कार्यालय, मकवानपुरको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले कर्फ्यु आदेश गर्नुभएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम प्रमुख जिल्ला अधिकारीले हेटौँडा उपमहानगरपालिकाको बजार क्षेत्रका विभिन्न स्थानमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको छ ।

ताजा समाचार

Related Articles