काठमाडौँ, भदौ २५ गते। प्रधानसेनापति अशोकराज सिग्देलले वार्तामा आउन आह्वान गरेपछि छलफलका लागि जेनजी समूहले वृहत् भर्चुअल बैठकको आयोजना गरेको छ । बैठकमा जेनजी समूहको नेतृत्व चयनदेखि वार्तामा सहभागी हुँदा प्रस्तुत गरिने एजेन्डामा छलफल भइरहेको बैठकमा सहभागी रक्षा बमले जानकारी दिनुभयो ।

तीन हजारभन्दा बढी जेनजी युवाहरू सम्मिलित बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसको समीक्षा समेत भइरहेको छ । बैठकको विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ ।




